Posts

Showing posts from September 25, 2016

"मगर जातिलाई चुनौति"

                                                                                                               महेश थापा मगर   परापूर्वकालदेखि नै नेपाल भुमिमा बसोबास गर्दै आएका आदिवासी जनजातिहरुमध्य मगर जाति पनि एक हो । वि.सं. २०५८ सालको जनगणनाको आधारमा मगरको जनसङ्ख्या १६,२२,४२१ रहेको छ । नेपालको कुल जनसङ्ख्याको आधारमा मुलककै तेस्रो ठूलो र आदिवासी जनजातीमा सबैभन्दा धेरै जनसङ्ख्या भएको जाति मगर हो । यस्तो सुन्दा आफुलाई मगर भएको गर्व लाग्छ । तर दुर्भाग्यवस राज्यको शासन व्यवस्था र निजामति कर्मचारी लगायत मुलकको सरकारी तथा गैरसरकारी निकायमा मगरको उपस्थिति निकै कम रहेको छ । यस बाहेक गाउँस्तरका र उपल्ला स्तरका शैक्षिक संस्थामा पनि मगरको बाहुल्यता न्यून देखिन्छ । प्राविधिक तथा अप्राविधिक शिक्षा लिनको लागि वर्तमान अवस्थामा मगर धेरै पछाडी परेको छ । जनगणना २०५८ अनुसार मगर जातिको साक्षरता दर राष्ट्रिय दर सरह (५०.२०%) देखाइएको छ । अन्य कतिपय जनजातिय समुदायमा जस्तो छोरीलाई स्कूल नपठाउने अवस्था मगर समुदायमा खासै नरहे पनि सामान्य साक्षर बनाउने भन्दा बढी पढाउने सवालमा भने लैङ्गिक विभेदको स्थिति केही