"मगर जातिलाई चुनौति"
महेश थापा मगर परापूर्वकालदेखि नै नेपाल भुमिमा बसोबास गर्दै आएका आदिवासी जनजातिहरुमध्य मगर जाति पनि एक हो । वि.सं. २०५८ सालको जनगणनाको आधारमा मगरको जनसङ्ख्या १६,२२,४२१ रहेको छ । नेपालको कुल जनसङ्ख्याको आधारमा मुलककै तेस्रो ठूलो र आदिवासी जनजातीमा सबैभन्दा धेरै जनसङ्ख्या भएको जाति मगर हो । यस्तो सुन्दा आफुलाई मगर भएको गर्व लाग्छ । तर दुर्भाग्यवस राज्यको शासन व्यवस्था र निजामति कर्मचारी लगायत मुलकको सरकारी तथा गैरसरकारी निकायमा मगरको उपस्थिति निकै कम रहेको छ । यस बाहेक गाउँस्तरका र उपल्ला स्तरका शैक्षिक संस्थामा पनि मगरको बाहुल्यता न्यून देखिन्छ । प्राविधिक तथा अप्राविधिक शिक्षा लिनको लागि वर्तमा...