"मगर जातिलाई चुनौति"
महेश थापा मगर
परापूर्वकालदेखि नै नेपाल भुमिमा बसोबास गर्दै आएका आदिवासी जनजातिहरुमध्य मगर जाति पनि एक हो । वि.सं. २०५८ सालको जनगणनाको आधारमा मगरको जनसङ्ख्या १६,२२,४२१ रहेको छ । नेपालको कुल जनसङ्ख्याको आधारमा मुलककै तेस्रो ठूलो र आदिवासी जनजातीमा सबैभन्दा धेरै जनसङ्ख्या भएको जाति मगर हो । यस्तो सुन्दा आफुलाई मगर भएको गर्व लाग्छ । तर दुर्भाग्यवस राज्यको शासन व्यवस्था र निजामति कर्मचारी लगायत मुलकको सरकारी तथा गैरसरकारी निकायमा मगरको उपस्थिति निकै कम रहेको छ । यस बाहेक गाउँस्तरका र उपल्ला स्तरका शैक्षिक संस्थामा पनि मगरको बाहुल्यता न्यून देखिन्छ । प्राविधिक तथा अप्राविधिक शिक्षा लिनको लागि वर्तमान अवस्थामा मगर धेरै पछाडी परेको छ । जनगणना २०५८ अनुसार मगर जातिको साक्षरता दर राष्ट्रिय दर सरह (५०.२०%) देखाइएको छ । अन्य कतिपय जनजातिय समुदायमा जस्तो छोरीलाई स्कूल नपठाउने अवस्था मगर समुदायमा खासै नरहे पनि सामान्य साक्षर बनाउने भन्दा बढी पढाउने सवालमा भने लैङ्गिक विभेदको स्थिति केही मात्रामा रहेको छ । सामान्य अक्षर चिन्ने र भर्ती जानको लागि आधार तयार गर्ने भन्दा फराकिलो सोचका साथ छोराछोरी पढाउने वा पढ्ने परम्परागत सोचमा अझै पनि परिर्वतन ल्याउन सकिएको छैन । अहिलेको समयमा मगर जाति भित्र पुरुष भन्दा महिलाहरुले उच्च शिक्षा हाँसिल गरेको पाईन्छ तर पनि राजनैतिक प्रणालीमा मगर महिलाको भूमिका अति कम रहेको छ । विगतका दिनमा पार्वती थापा मगर जस्ता प्रथम महिला डि.आई.जी. रहेको देशमा आज पनि त्यस्तै महिला मगरको आवश्यक रहेको छ । जबसम्म मगर महिला सकरात्मक सोचका साथ उच्च स्थानमा पुग्दैनन् तबसम्म यो देशमा मगर महिला हरेक क्षेत्रबाट शोषित र लालन्छित हुनुपर्ने अवस्था छ । अर्को पक्षलाई केलाउदा उच्च शिक्षा हाँसिल गरेका मगर महिलाहरुका लागि आफ्नै समुदायमा योग्य केटा पाउन समस्या आएकोले कि त अविवाहित अवस्थामा बस्ने वा अन्य जातिसँग विवाह गर्ने प्रचलन बढी मात्रामा देखिन्छ ।

अहिलेको गणना अनुसार विधावरिधि तहको शिक्षा आर्जन गर्ने मगरको सँख्या ३० पुगिसकेको छ । मेडिकल, इन्जिनियरिङ्ग, च्याटर्ड अकान्टेन्ट जस्ता देशका आर्थिक एवं बौद्धिक सङ्घर्सशिल मानिने शैक्षिक क्षेत्रमा पनि मगरहरुको उपस्थिति धेरै कम रहेको छ । यि विविध पक्षहरु किन ओझेलमा परिरहेको छ मगर समुदायमाथि ? हरेक स्तरमा नातावाद र कृपावादले गर्दा, के मगरहरु शिक्षित भएपनि माथिल्लो तहसम्म आफ्नो मान्छे नभएसम्म रोजगारी र अवसरको आस्थालाई चुम्न नपाउने ? यि प्रश्नका उत्तरमाथि को जिम्मेवारी छ त ? प्रथमः त राष्ट्रको राज्य व्यवस्था र दोस्रो मगर जाति स्वयम नै यसको जिम्मेवारी रहेको आङ्कलन गर्न सकिन्छ । यस्ता समस्या र अवसरका कारण नेपालमा रहेका सम्पूर्ण मगरमाथि राजनैतिक, शैक्षिक, धार्मिक, व्यवसायिक र मुलतः सरकारी तथा गैरसरकारी रोजगारीको चुनौती खडा भएको छ । मगरहरु पछाडि पर्नुको कारण विशेष गरी दुईवटा प्रमुख कुराहरुलाई टिप्पणी गर्न सकिन्छ ।
वेलायती र भारतीय सेनामा भर्ति
प्रथम विश्वयुद्धदेखि नै इमान्दार ,सोझो देखिने मगर जातिलाई आफ्नो राष्ट्रको (नेपाल) लागि नभएर उनिहरुको स्वार्थको लागि तत्कालिन इष्ट इन्डिया कम्पनीले मगरहरुलाई सेनामा भर्ना गरायो । २०४७ सालमा वि«टिशले भारत छोडेपनि यो कार्य वि«टिश सरकारले निरन्तरता दियो । यस्तो कारणले गर्दा नेपालमा बसोबास गर्ने मगरहरुमाथि दुई किसिमको प्रभाव देखिन्छ । एक : मुलुकको एक जिम्मेवार व्यक्ति अल्प शिक्षामै सिमित भयो । दुई ः सेनामा भर्ति हुने अवस्थाले उच्च शिक्षा हाँसिल गर्ने सपना साकार हुन सकेन । यसले गर्दा मगर युवा जनशक्ति फैलिन सकेन । अझ कतिपय ति व्रिटिश लाहुरेका छोरा पेचा, गाँजा र अन्य लागुपदार्थ सेवन गर्ने र छोरीहरु अनैतिक यौन क्रृयाकलापमा लाग्ने जस्ता सामाजिक अपराध भइरहेका छन् । यस्तो अवस्था ती सेनामा भर्ति भएका वावुआमाको आफ्ना छोराछोरीप्रति भएको कमजोर रेखदेखले सिर्जना भएको मान्न सकिन्छ ।
भाषा, धर्म र संस्कृति
२४० वर्ष अघि पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरिसकेपछि राष्ट्रमा एकात्मतवादको निति लागु गरियो । मगर जातिले बोल्ने भाषा माथि दमन गरियो । मगरको धर्म र संस्कृतिलाई ओझेलमा पारियो । नेपालको हरेक प्रशासनिक एवं विद्यालयमा एउटै मात्र हिन्दीःसंस्कृत भाषा लागु गरियो, जुन भाषा नेपालमा देवनगरी भनेर चिनिन्छ । वास्तवमा ,यो भाषा भारतमा प्रयोग गरिने लिपी नै भएको मानिएको छ । नेपालमा बोलिने ९५% नेपाली भाषा हिन्दी संग मिल्ने हुँदा ठकुरी, बाहुन, क्षत्री र दसनामीले बोल्ने भाषा हिन्दीःसंस्कृत नै हो । जसले गर्दा यो भाषाले नेपालमा एकछत्र अधिकार जमायो र आदिवासी जनजाति मगरको भाषा हरेक क्षेत्रबाट लोप हुन थाल्यो । यो कारणले गर्दा पनि मगर जाति हरेक क्षेत्रमा पछाडि हुनु परेको छ ।
त्यसैले अब मगरहरु एकजुट हुनु जरुरी छ । मगरमाथि चुनौति खडा भएको छ । बर्षौँ देखि अवलम्वन भएको एकात्मतवाद राज्य व्यवस्थालाई निर्मूल गर्नुपर्नेछ । सिहदरवारमा एंव हरेक सरकारी कार्यालयमा एकछत्र अधिकार जमाएको व्यवस्थालाई विकेन्द्रित शासन व्यवस्था लागु गर्नुपर्छ । सबै जातजाति र जनसंख्याको आधारमा राज्यको हरेक अगं र निकायमा समानुपातिक र समावेशीताको आधारमा अधिकार र प्रतिनिधित्व सुनिश्चितको लागि अब हामी मगरहरु चुनौतीको प्रमुख हतियार बनाएर लड्नुपर्ने हुन्छ । हाम्रो भाषा संस्कृतिलाई दमन हुनबाट बचाउनु पर्छ । यसको लागि हामी आफैबाट सुरु गर्नुपर्ने छ । सबै मगरहरुले आ–आफ्ना छोरा छोरीलाई उच्च शिक्षासम्म अध्यापन गराउनु पर्छ । उच्च शिक्षाका लागि कमजोर भएका अभिभावकलाई ‘नेपाल मगर संघ एंव सम्पूर्ण संघ सँग आवद्ध भएका भातृ संगठनले वृहत आर्थिक राहत कोष खडा गर्नुपर्छ । भारतीय एवं वेलायति सेनामा भर्ती हुने क्रम पूर्ण रुपले रोकिनुपर्छ । सबै भन्दा महत्वपूर्ण कुरा पुर्खाैँ देखि प्रयोगमा ल्याउँदै गरेको र सेवन गर्दै आएको जाँड रक्सी जस्ता मादक पदार्थहरु विस्तारै निस्काषित गर्नु पर्ने हुन्छ । यो पनि मगर जातिलाई ठूलो चुनौती हुन सक्छ । मगरहरुले मनाउने धर्ममा एक रुपता देखिएको छैन । कोही मगरले दशैं मनाउने चलन, कोहीले नमनाउने चलन र मनाउने मध्यमा पनि कसैले सेतो टिका लगाउने, कसैले रातो टिका लगाउने देखिएको छ । अब यो विविधतालाई उन्मूलन गरेर एकरुपता हुनुपर्छ । तब बल्ल मगर जातिको सहि पहिचान झल्किन सक्छ । पितृ पूजा, विवाह जस्ता कार्यहरुमा बाहुन बोलाएर सिद्धि गर्ने जस्ता कुरालाई पूर्ण रुपले बन्द गर्नु पर्छ । यसले गर्दा हामी मगर जातिकै अस्तित्व घट्दै जान्छ र बाहुनवादको समाजमा ओझेल परिनुपर्छ । यी सम्पूर्ण पक्षहरुलाई ख्याल गरेर पुर्खाले सिकाएको राम्रो कामलाई अबलम्वन गर्नु पर्छ र नराम्रो कामलाई पुर्नविचार गरी सुधार्नुपर्छ । साँच्ची नै अब यी कुराहरुलाई वर्णन गर्दा मगरहरुलाई चुनैतिले घेरेको छ.

Article published on http://bigulnews.com/2016/08/10/-19268.html
Angular bloggers are content creators and software developers who share knowledge, tutorials, best practices, and updates related to the Angular framework. Through blogs, articles, and technical guides, they help developers learn concepts such as components, services, dependency injection, routing, and state management. Their content ranges from beginner-friendly introductions to advanced topics, making Angular development more accessible to a wide audience. Many Angular bloggers also review new framework releases and explain how developers can adopt the latest features effectively.
ReplyDelete